Monday 24th of June 2024

दाइजो नदिएको भन्दै कुटपिट गर्ने श्रीमान् र ससुरा पक्राउ

0 Shares

गौशाला / दाइजोमा ग्याँस सिलिण्डर र चुल्हो नदिएको भन्दै नववेहुलीलाई चरम यातना दिदएको आरोपमा प्रहरीले सर्लाहीबाट दुई जनालाई पक्राउ गरेका छन ।

पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा नगरपालिका २ का उक्त वेहुलीका श्रीमान् जोगनारायण साह र ससुरा अनुपा साह रहेका छन । गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षीया अमृता साहले थप दाईजो नल्याएको भन्दै ससुरालीपक्षले चरम यातना दिएको भन्दै दाईजो सम्बन्धि कसुर तथा ज्यान मार्ने उद्योग मुद्दाको शिर्षकमा किटानी जाहेरी दिएपछि प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अमृताको जातीय परम्पराअनुसार जोगनारायणसँग विवाह भएको थियो । तर, विवाहको केही समय नबित्दै अमृतालाई दाइजो नदिएको भन्दै श्रीमतीसित उनको घर परिवारका सदस्यले ज्यान मार्ने नियतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक कुँवरले पक्राउ परेकालाई कानुनअनुसार कारवाही गरिने र पिडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाएको छ ।

उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको अमृताका माईतीपक्षले जनाएको छ । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।

दाईजोमा ग्यासचुल्हा र सिलिण्डर नदिएको भन्दै एक युवतिलाई निर्घात कुटपिट ।।

प्रतिक्रिया