Friday 12th of July 2024

हत्याको आरोपमा महोत्तरीमा दुई जना पक्राउ।।

0 Shares

महोत्तरी / घरायसी विषयमा विवाद भएपछि हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महोत्तरी लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ४५ बर्षिय लक्ष्मण साहको हत्या गरेको आरोपमा प्रहरीले मृतकको दाई र भतिजोलाई नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा मृतकका दाई ५० बर्षिय रामचन्द्र साह र भतिजो उमेश साह रहेका छन् । गएको जेठ २६ गते घरको कुल देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताउनुभएको छ । लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि अन्त्येष्टिको लागि घर ल्याइएको प्रहरी उपरिक्षक अचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया