सप्तरीमा अवैध घरेलु हतियारसहित मण्डल पक्राउ

सप्तरी ः सप्तरीमा अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका प्रहरी जनाएको छ ।

बोदे बरसाईन नगरपालिका वडा–९ स्वर्णपट्टीस्थित दशगज्जा क्षेत्रबाट गएराति हतियारसहित नेपाल प्रवेश गर्न लागेका मण्डललाई सशस्त्र प्रहरी बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

यता पक्राउ परेका मण्डललाई हतियारसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार