
महोत्तरी : महोत्तरीको मनराशिस्वा नगरपालिकामा सडक कालोपत्रे हुने भएको छ । शनिवार मनराशिस्वा नगरपालिका वडा ३ स्थित रहेको सोनौल गाँउमा एक समारोहकाबीच सो सडकको शिलान्यास गरिएको हो । सो सडकको शिलान्यास प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहा र पुर्व स्वास्थ राज्य मन्त्रि डा।सुरेन्द्र यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
बहुवार्षीय योजना अन्तर्गत रहेको एक निर्वाचन एक सडकमा १ करोड ५ लाख बजेटको लागतमा निर्माण हुने सो सडक हुलाकी सडक बाट गाँउको सन्तगढ कुट्टी सम्म निर्माण हुने भएको वडा ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादव जानकारी दिनुभयो ।
निर्माण हुन लागेको सडकको सम्झौता अनुसारको काम अषाढ़ महिना भित्र सम्म पूरा गरिने ब्रोदर कन्ट्रक्सनका संचालक आदित्य साहले बताएका छन्। शिलान्यास कार्यक्रममा वडा अध्यक्ष,वडा सदस्य,जसपा पार्टीका नेता गगन देव यादव,सुनिल यादव,गुडु झा(दिपक),सामाजसेबी, बुद्धिजीवी, पत्रकार लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो । शिल्यानास पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार भएको थियो ।
प्रतिक्रिया