0
Shares
महोत्तरी ः सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ ।
प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ।
गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई गरेको चेक जाँचका क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले झोला फालेर हिँडेका थिए ।
झोला चेक गर्दा रकम भेट्टाएको सशस्त्रका एसपी सुरेश सापकोटाले जनाएको छ । अहिले प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।