गौशाला ः नेपालको संविधान, ऐन, कानुन र नेपाल सरकारले अन्तरराष्ट्रिय स्तरमा गरेको प्रतिबद्घताअनुसार बालश्रम लाई निर्मुलगर्ने नितिलिएको छ ।
हाल नेपालको संविधान अनुसार जनताको सवभन्दा नजदिकमा नगरपालिका वा गाँउपालिका स्थानीय सरकारको रुपमा स्थापना भएको छ । बालश्रम मुक्त स्थानीय बनाउने उद्देश्यले संघिय श्रम रोजगार तथा समाजिक मन्त्रालयले बालश्रम बिरुधको राष्ट्रिय गुरुयोजना २०७५—२०८५ र बालश्रम मुक्त स्थानीयतह घोषणा कार्यविधि २०७७ समेत लागु गरेको तर प्रायःजसो पालिका बालश्रम बारे मौन छ सोहीलाई मध्यनजर गरी १२ जुन अर्थात बालश्रम विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा महोत्तरी युवा संजालको आयोजना का आर्थिक सहयोग तथा स्थानीय युवा र युवा संजालहरुको सहकार्यमा प्रदेश २ को आठ वोटै जिल्लाको ३ पालिका समेटेर जम्मा २४ पालिकाहरुलाई बालश्रम बिरुद्धमा लाग्न ज्ञापन पत्र पेश गरिएको छ ।
विगतमा बाल संरक्षण पूर्व तयारी तथा प्रति क्रियाकार्यक्रम अन्तरर्गत रहीबालश्रम बिरुद्धको दिवसको अवसरमा चित्रकाला प्रतियोगिता, समुदायमा सुचना प्रवाह तथा पम्पलेट वितरण लगायतको कार्यक्रम पनि सम्पन्न भएको संजालका अध्यक्ष चुडामणि यादवले जानकारी दिए ।
बालश्रम बिरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नै चित्रकाला प्रतियोगिता जसमा बालश्रम संग सम्बन्धित १८ वर्ष मुनि उमेरको बालबालिकाले पठाएको चित्रहरुलाई संजालको पोष्ट गरेर संजाल द्घारा मुल्याङकन गरी पुरस्कृत गरिने छ । भने समुदायमा सुचना प्रवाह, पम्पलेट वितरण लगायतको कार्यक्रमहरु सम्पन्न गरिएको छ ।