कस्तो छ पानीजन्य विपद् रोकथामको तयारी ?

मुकुन्द गैर
काठमाडौं / नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।
यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र गतवर्ष भन्दा बढी पानी पर्ने पूर्वअनुमान गरिएको छ । यसले पार्नसक्ने जोखिमबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमन्यूनीकरण,उद्धारको लागि तयारी अवस्थामा रहेको बताएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल बाढी, पहिरो, पानीजन्य विपद्बाट आउन सक्ने घटनाको लागि पूर्वतयारी अवस्थामा रहेको बताउनुभयो ।
जल तथा मौसम विभाग , प्रदेश, स्थानीय तह हरेक मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना सवै सँग छलफल र सहकार्य गरिसकेको उहाँ बताउनुहुन्छ ।
प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारी यस बर्ष विगतको बर्षमा भन्दा बढी मनसुन सक्रिय हुने अनुमान गरिएको बताउनुहुन्छ ।
मनसुन सुरु भइसकेको बताउँदै उहाँले यस बर्ष १८ लाख जनसंख्या बाढी, पहिरो अर्थात पानी जन्य विपद्बाट प्रभावित हुँने आँकलन गरिएको बताउनुहुन्छ ।
एक लाख मानिस पहिरो र १७ लाख बाढी, ढुवान लगायत विपद्मा पर्न सक्ने प्राधिरणको पूर्वअनुमान छ । यसै गरि विगत १० बर्षको अवधि २०६८ साल देखि २०७७ सालसम्म पहिरोबाट १२ सय ०५ र बाढीबाट ७९४ जनाको मृत्यु भएको प्राधिरणको तथ्याङकले देखाउँछ ।
यसै गरि बेपत्ता हुनेको संख्या पनि उल्लेखनीय गरेको पाइएको छ । यसपाली उक्त बिपद् घटना रोक्न भनेर सूचना प्रणालीलाई प्रभावकारी बनाएको र मनसुनको समयमा हुने बाढी, पहिरो जोखिमको क्षेत्र समेत छुटयाएको प्रधिकरणको भनाई छ ।
कुन–कुन क्षेत्रमा पानी बढी पर्छ जोखिम कहाँ बढी रहन्छ भनेर बिलेषण गरि काम अगाडि बढेको प्रवक्ता अधिकारी बताउनुहुन्छ ।
यसै गरि जोखिम क्षेत्रको निक्र्योल गरि नौ वटा जिल्लाका ३६ वटा पालिकामा विपद् व्यावस्थापनको जनशक्तिलाई तालिम दिइएको छ ।
कोरोना महामारी सँगै बाढी, पहिरोबाट हुँन सक्ने घटनाको लागि उद्धार र राहतको व्यावस्थापनको लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने विषयमा समन्वय र तालिम पनि दिइसकेको प्राधिकरणले बताएको छ ।
जिल्लाका अधिकांश स्थानीय तहले मनसुन पूर्वकार्य योजना बनाइसकेका छन् । सरकारी निकाय संगै यूएन एजेन्सी, रेडक्रस लगायत विभिन्न संघ संस्था संग सहकार्य भएको छ ।
मौसम विज्ञानको सूचना तल्लो तहसम्म सूचना पु¥याउने काम गरिसकेको उद्धारको लागि चाहिने उपकरण, सामग्री तयारी अवस्थामा रहेको प्राधिकरणको भनाई छ ।
बाढी पहिरो जोखिमको लागि खास गरि भूकम्प गएको क्षेत्रमा बढी जोखिमको रुपमा राखिएको छ ।
सिन्धुपालचोक, काभ्रे,गोरखा, नुवाकोट, लमजुङ, म्यादी, बाजुरा, बागलुङ, लगायत जिल्लाहरु जोखिममा रहेका छन् ।
यसै गरि बाढी संगै ढुवानमा तराईका धेरै जिल्ला जोखिम क्षेत्रमा लिइएको छ । भारत सिमानामा नदीकोे ढोका बन्द गर्ने समस्यालाई समाधान गर्न त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई भारत सँग समन्वय गरेर कुरा गर्न निर्देशन दिइसकेको प्राधिरणको भनाई छ । सामान्यतया असार देखि असोज सम्मको झण्डै एक सय दिन मनसुन सक्रिय हुँन्छ । – गोरखापत्र

प्रतिक्रिया