Monday 2nd of December 2024

RRPK द्वारा बाल बिवाह बिरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न

0 Shares

सर्लाही ः सभे द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्दन केन्द्र मलंगवा सर्लाहीको आयोजनामा बाल बिवाह बिरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ ।

गोडैता नगरपालिकामा संचालित समुनती कार्यक्रम अन्तर्गत जनचेतनामूलक बाल बिवाह सम्बन्धि सडक नाटक गोडैता नगरपालिकाको वडा नम्बर १ बहादुरपुर, २ बेलवा, ३ सिमरा भाग्वतिर्पु मठ टोल, ४ रोहुवा मुसलिम टोल, ५ रामबन मुसलिम टोल, ६ बगदह वडा कार्यालय नजिक, ७ पासवान टोल, ८ मुसलिम टोल, ९ बकैनिया, १० सिसौटिया पासवान टोल, ११ मधोपुर र १२ मधुबनीमा सम्पन्न भएको छ ।

सभे द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्दन केन्द्र मलंगवा सर्लाहीको आयोजनामा संचालित समुनती कार्यक्रम अन्तर्गत किशोर किशोरी, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरि समाजमा भईरहेको बाल बिवाहबाट आउने बिभिन्न समस्या जस्तै छिटो बिवाह भए पश्चात आमा र बच्चाको स्वास्थ्यमा असर हुने र मृत्यु पनि हुने, गर्भ तुहिने, पारिवारिक जिम्मेवारी बढने र शिक्षामा समेत पहुच हुन नसकने भएको एवं २० बर्ष पछाडी बिहे गर्नु पर्ने, बिहे भएकोमा २० बर्ष पछी गर्भधारण गर्ने तथा गर्भान्तर कायम राखने बारे सडक नाटकमा मार्फत संदेश दिन खोजिएको कार्यक्रमका फिल्ड अधिकृत सबिता उपाध्यायले जानकारी गराउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष, बाल कल्ब प्रतिनिधि, किशोर किशोरी समुह, वडा बाल संरक्षण समितिको प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वमसेविका, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया