Tuesday 28th of May 2024

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ह्वीप

0 Shares

जनकपुर : प्रदेश नम्बर २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) संसदीय दलले ह्वीप जारी गरेको छ ।

आज बसेकाे संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । आज अपरान्ह ३ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयाे । दुई दिनदेखि प्रदेशसभामा छलफल भएको नीति तथा कार्यक्रम पारित हुन जसपा भित्रको अन्तरकलहले गर्दा कठिनाई देखिएकाले मुख्यमन्त्री राउतले ह्वीप जारी गर्नुभएकाे बताइएकाे छ।

प्रतिक्रिया