
गौशाला / महोत्तरीको १५ औं पालिकामध्ये सवैभन्दा उत्कृष्ट एवम सुशासन कायम गर्न सफल भएका हुन मटिहानी नगरपालिका । नगरपालिकाको पूर्वमा जनकपुर उपमहानगरपालिका पश्चिममा जिल्लाकै पुरानो जलेश्वर नगरपालिका, उत्तरमा पिपरा गाँउपालिका र दक्षिणमा सीमावर्ती भारतीय विहार राज्य रहेको छ । ९ वटा वडा रहेको यस पालिकाको कुल क्षेत्रफल २९.२ वर्ग किलोमिटर रहेको छ भने जनसंख्या ३१ हजार २६ रहेको नगरपालिकाको स्रोतले जनाएको छ ।
पालिकालाई कम समयमै व्यवस्थित, सुशासनमैत्री र जनप्रिय कमाएकै कारण वि.सं. २०७६ सालमा नेपाल सरकारले नगरप्रमुख हरि प्रसाद मण्डललाई राष्टपतिको हातबाट प्रवल जनसेवा चौथौ जस्तो प्रतिष्ठित पुरुस्कार प्रदान गरेका थिए । आज हामीले सो पालिकाको नगरप्रमुख हरि प्रसाद मण्डलसँग नगरपालिकाको गतिविधीको सम्बन्धमा कुराकानीको गरेका छौ । प्रस्तुत छ रुपान्तरण अनलाईनका लागि नगरप्रमुख हरिप्रसाद मण्डलसँग सहकर्मी धनवीर महतोले गरेको कुराकानीको सम्पादित अंश :
करिब २० बर्षपछि जनप्रतिनिधीको रुपमा कुर्सीमा आसन्न भएपछि पहिलेको मटिहानी र अहिलको मटिहानीमा के फरक पाउनुभएको छ ?
– निश्चित रुपमा हामी करिब दुई दशकपछि जनताद्धारा चुनिएर हामी जनप्रतिनिधीको रुपमा कार्यभार सम्हाल्दै आएका छौ । तत्कालिन गाविसहरु मटिहानी, धिरापुर, मझौरा विसनपुर र सिमरदही गाविस मिलेर नगरपालिकाको रुपमा परिणत भएको हो । अहिले हामी सडक, स्वास्थ्य, शिक्षा, विद्युत, कृषिजस्तो विषयवस्तुलाई पहिलो प्राथमिकतामा राख्दै जनमुखि आवश्यकतालाई पुर्ति गर्ने कार्यमा आफु लगायत यहाँका जनप्रतिनिधीहरु तत्लिन रहेका छौं । जनताको आवश्यकतालाई मनन गर्दै नगरपालिका अगाडि बढने प्रयत्नमा छ । हामी निर्वाचित भएअघि यहाँको विकास गतिविधीहरु अगाडि बढन सकेका थिएन । कर्मचारीतन्त्र रहेको समयमा तत्कालिन गाविसहरु जनमुखि हुन सकेको थिएन । त्यसलाई मनन गर्दै कार्यसम्पादन गर्दै आएका छौं ।
२० बर्षपछि यहाँका नगरवासी तपाईलाई अभिभावकको रुपमा चुनिएको छ , यसैवीचमा के के काम गर्नुभयो, स्पष्ट भनिदिनुस् त ?
– मलाई यहाँका जनताले मटिहानी नगरपालिकाको रुपमा चयन गर्नुभएको हो । मटिहानीवासीको असिम कृपाले म यहाँसम्म आएका हौ । यसमा सवैको सकारात्मक सहयोग र भुमिका रहेको छ । जसले गर्दा म अहिले नगरपालिकाको प्रमुखको रुपमा कार्यसम्पादन गर्नका चुनिएको हुँ । मटिहानी नगरपालिकालाई हरित नगरि बनाउनका लागि २ बर्षको अन्तरालमा विभिन्न स्थनमा समय समष्मा वृक्षारोपण गरेका छौ । नगरको २ वटा स्थानमा कालात्मक प्रवेशद्धार गेट निर्माण गरेका छौ । यहाँको ठुला साना हरेक पोखरीलाई सौन्दर्यीकरण गरेका हौ । ग्रामिणस्तरमा रहेको व्रह्मस्थानलाई व्यवस्थित गरेका हौ ।
तपाईं लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध भई पत्रकार महासंघ महोत्तरीको सभापति जस्तो गरिमामय पदमा रहि कार्यभार सम्हालि सक्नुभएछ । मटिहानीवासीलाई सुचनामा पहुँच गराउनका लागि के कस्ता भुमिका निर्वाह गर्नुभएछ ?
– म विगत दुई दशकदेखि विभिन्न मिडियाका लागि महोत्तरीबाट जिल्ला सम्वाददाताको रुपमा काम गरिसकेको छु । स्थानिय राष्ट्रिय समाचार समिती, नेपाल टेलिभिजनमा काम गर्दै यसक्षेत्रमा रहेको वेथितीको सम्बन्धमा उजागार गरेका थियौ । त्यसपछि लगातार तीन कार्यकाल गरि १५ बर्षसम्म नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभापतिको रुपमा भुमिका निर्वाह गरि यहाँका गतिविधी राम्ररी नियालिएका छौ । यसप्रकार एक म पत्रकारिता पेशाबाट आएकोले सुचना र सन्देशको मामिलामा मटिहानीवासीलाई प्रत्यक्ष रुपमा पारदर्शीता गर्ने प्रयासरत रहेको हुन्छु । नागरिकलाई पारदर्शी रुपमा समय समयमा जनमानसमा सकारात्मक सुचना सन्देश प्रवाह गर्नमा रति भर कसर वाँकी राखेका छैनौ । नगरपालिकाबाट हाल २ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशित हुँदै आएको छ । जसको माध्यमले यहाँका नागरिकहरु सुचना र सन्देश पाईरहेका हुन्छ । साथै नगरपालिकाले आफनै नगरको वेवसाईट डिजाईन गरि कार्यसम्पादन गर्दै आएका छन । पत्रकार महासंघ महोत्तरी शाखासँग समन्वय गर्दै सुचना तथा संचारको क्षेत्रमा कदम उठाउदै आएको छु । पत्रकार महासंघ महोत्तरीको अभिभावकको रुपमा लामो समयसम्म क्रियाशिल भई कार्यसम्पादन गर्दै आएकोले यसप्रति अहिले पनि मेरो सकारात्मक सहयोग रहदै आएको छ । आफुले विभिन्न समयमा पत्रकार महासंघलाई सहयोग गर्दै आएको छु ।
महिटानीको एक आफैमा धार्मिक ईतिहास रहेको छ । भनिन्छ त्रेतायुगमा भगवानको रामको विवाहको समयमा मटकोर विधी सम्पन्न गर्नका लागि यहाँको माटो प्रयोग गरिएको थियो । यसक्षेत्रलाई पर्यटनीय दृष्टिकोणले के कति विकास गर्नुभएछ ?
– मटिहानी एउटा धार्मिक ईतिहास जोडेको नगरभन्दा कुनै दुईमत छैन । हो यहिको माटो लिएर भगवान राम र सीताको मटकोर विधी सम्पन्न गरेको प्रसिद्ध रामायणमा पनि उल्लेख गरिएको छ । यहाँ ४ सय बर्ष पुरानो ईतिहास रचिएको नेपालकै ठूलो लक्ष्मीनारायण मठ रहेको छ । जुन महोत्तरीवासीको लागि गर्वको विषय हो । आफु जनप्रतिनिधीको रुपमा चयन भएपछि सो मठको छेउमै रहेको पोखरीलाई सौन्दर्यीकरणको लागि नगरपालिकाले विशेष प्याकेज ल्याई विकास गर्दै आएको छु । साथै यस पालिकाको प्रवेशद्धारामा दुईस्थानमा आधुनिक कलात्मक प्रवेश गेट निर्माण गरिएको छु । यहाँको बाटोघाटोलाई स्तरोन्नती एवम विस्तार गरेको छु ।
यहाँले पालिकामा सुशासन स्थापित गराउन उत्कृष्ट रुपमा सफलता हासिल गरेकै कारण नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रवल जनसेवा चौथौ बाट पुरुस्कृत हुनुभएको छ । यहाँसम्म आउनका लागि के कस्ता मेहनेत गर्नुभयो ?
– म जुन पेशामा भएपनि कामलाई पहिलो प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्ने गर्दछु । चाहे मेरो पत्रकारिता पेशा होस या राजनितीक पेशा नै । मैले पत्रकार पेशा अंगालेको समयमा पनि उत्कृष्ट सम्वाददाताको रुपमा जनकपुर टुडे, रासस र नेपाल टेलिभिजनको तर्फबाट पुरुस्कृत भईसकेको छु ।
प्रेस काउन्सिलमा पनि मैले गरेको कार्यको संस्थाले प्रसंशा गरेका थिए । मैले राजतन्त्र रहेको समयमा पनि वि. सं. २०६३ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको हातबाट गोरखा दक्षिण वाहु जस्तो प्रतिष्ठित पुरुस्कार पाउने अवसर पाईसकेको छु । देशमा लोकतन्त्र आएपछि मुलुककै पहिलो राष्ट्रपति डा रामवरण यादवद्धारा प्रवल जनसेवा चौथौ र फेरिपनि वर्तमान राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट प्रवल जनसेवा चौथौ पुरुस्कार हासिल गर्न सफल भएको छु । यहाँहरुको आर्शिवाद, माया र आफनो लगनशिलता र कार्यसम्पादन गरेकै कारण आज म पुरुस्कार हकदावी भएको हुँ । म जहिले पनि आफुलाई उत्कृष्ट वनाउनका लागि सवैको मनको भावना र समाजको दुःखलाई आत्मसाथको साथ कार्यसम्पाद गर्दै आएको छु । म जनमुखि भई अगाडि बढने प्रयासमा हमेशा रहन्छु । मेरो नगरपालिकामा आवश्यक मात्रामा कर्मचारी छैन । नगरपालिकामा मौज्दात रहेको कर्मचारीलाई नै परिचालन गर्दै सकभर जनमुखि सेवा प्रदान दिने किसिमले सुशासन स्थापित गर्ने प्रयासमा रहन्छु ।
अन्त्यमा, अव अगामी आर्थिक बर्ष २०७८ /०७९ को लागि वजेट तर्जुमा ल्याउने कसरतमा जुटनु भएको छ । यस आर्थिक बर्षमा के कस्ता जनमुखि प्याकेज ल्याउदै हुनुहुन्छ ?
-अहिले कोरोना महामारीको समयमा मेरो पहिलो प्राथमिकता भनेकै जनता बचाउनु हो ।
यस बर्षको वजेटले गतबर्ष झै पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहनेछ । त्यसपछि शिक्षा अनि कृषि र सिचाई रहनेछ । असार ९ गते प्रस्तुत हुने नगरस्तरीय बजेटमा केहीमात्रामा पूर्वाधारको वाँकी रहन गएको कामकाजहरु पनि समावेश हुनेछ । सदा झै जनमुखि भावनालाई कदर गर्दै मटिहानीलाई विकासको पथमा लैजाने छु ।
सहकर्मी : सुनिता महतोको सहयोगमा
प्रतिक्रिया