भारतमा राम मन्दिर बनाउन जग्गा किन्दा १० मिनेटमै १६ करोड ५० लाख भारु घोटाला

अयोध्या, जेठ ३१ गते ।

भारतको अयोध्यामा विवादास्पद राम मन्दिर निर्माण गर्न जग्गा किन्दा घोटाला भएको आरोप लागेको छ ।

समाजवादी पार्टीका नेता एवम् पूर्व विधायक तेजनारायण पाण्डे उर्फ पवनले दुई करोड भारतीय रुपैयाँको जग्गाको मूल्य केही मिनेटमै १८ करोड ५० लाख भारतीय रुपैयाँ पुर्‍याइएको आरोप लगाएका हुन् ।

राम जन्मभूमि ट्रष्टका सचिव चम्पत रायले यो आरोप झुटो एवम् राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै श्रीरामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले खरिद गरेको जमिनको मूल्य खुला बजार मूल्यभन्दा निकै कम रहेको उल्लेख गरेका हुन् ।

Ayodhya Ram Mandir Photos: In Pics: What Ram Mandir Will Look Like, All Details Hereसमाजवादी पार्टीका नेता पवन पाण्डेयले आइतबार अयोध्यामा पत्रकार सम्मेलन आयोजना गर्दै जमिन खरिद गरिएको दिन २ करोड रुपैयाँ रहेको जमिनको मूल्य सोही दिन १८ करोड ५० लाख पुर्‍याइएको आरोप लगाएका थिए ।

उनले भनेका थिए, ‘सन् २०२१ मार्च १८ का दिन केही मिनेट पहिले सो जग्गाको बैना गरियो र पछि खरिद सम्झौता । जुन जग्गा दुई करोड भारुमा खरिद गरिएको थियो, १० मिनेटपछि त्यही जग्गा १८ करोड भारुमा बिक्री गर्ने सम्झौता भयो । सम्झौतामा र बैना गर्दा ट्रष्टी अनिल मिश्र र मेयर ऋषिकेश उपाध्याय साक्षी बसेका छन् ।’

भारतले अयोध्यालाई श्रीरामको जन्मभूमि दाबी गरेपनि नेपालकै पर्सा र चितवनको सिमानामा पर्ने ठोरीमा रहेको दाबी भएको छ । त्यहाँ रामायणकालीन पूरातात्विक प्रमाणहरू पनि भेटिएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार