Friday 12th of April 2024

वडा कार्यालय शिलान्यास

0 Shares
महोत्तरी / जिल्लाको मटिहानी नगरपालिका वडा नं. १ को वडा कार्यालय भवन निर्माण हुने भएको छ। वडास्तरीय बजेट अन्तर्गत धिरापुरमा अन्य सुविधा सहितको  तीन कोठे भवन निर्माण हुने कुरा जनाइएको छ ।
भवन ५२ लाखको लागतमा निर्माण हुने कुरा नगरपालिका इन्जिनियर दिनेश साहले बताउनु भयो ।  यसै बीच  निर्माण हुुने  वडा कार्यालय भवनको एक समारोह बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडल र वडा नंं १ का वडाध्यक्ष शिवशंकर रायले विधिवत पुजाअाजा गरी संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
साे  वडा कार्यालय भवन निर्माणका लागी मटिहानी न.पा. वडा नं. २ बस्ने रामचन्द्र ठाकुरले करिब १३ धुर जग्गा निशुल्क रूपमा प्रदान गरेका छन्र ।सो अवसरमा जग्गा दातालाइ दोसल्ला ओढाइ मेयर मंडलले सम्मान गरेका थिए।
प्रतिक्रिया