जनकपुरधाम / अहिलेको कोरोना महामारीको समयमा क्षयरोगीलाई उपचार गर्ने स्वास्थ्यकर्मी तथा क्षयरोगी विपन्न विरामी स्वास्थ्य सामग्री पाउने भएका छन् । बिराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय महोत्तरी मार्फत कोभिड १९ नियन्त्रणकोे लागी जिल्लाका १५ स्थानीय तहका लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
ट्रष्टका जिल्ला कार्यक्रम संयोजक डा.मनोज कुमार साहले स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवलाई ६ लाख रुपैया बरावरको स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । उहाँले स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख यादवलाई ६ लाख रुपैया बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीलाई प्रदान गरिएको सामानहरुमा पि.पि.इ.१६४ थान, सर्जिकल माक्स ४३०० थान, केएन९५ मास्क ४३०, ग्वब्स ८६ प्याकेट, फेस सिल ४३०थान, सेनिटाईजर ४३० थान लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको ट्रस्टका जिल्ला कार्यक्रम संयोजक साहले जानकारी दिनुभयो ।सो सामानहरुलाई जिल्लाका १५ वटा स्थानीय तह अन्तरगतका स्वास्थ्य चौकीलाई दिइने छ ।
त्यस्तै एक सय जना क्षयरोगी विपन्न विरामीलाई हाईजनिक किट समेत दिइने उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालयमा प्रदान गरिएको स्वास्थ्य सामाग्री जिल्लाको सवै पालिका संग समन्व्य गरी सबै स्वास्थ्य संस्थामा कोभिड १९ (कोरोेना) को बेला क्षयरोग नियन्त्रणमा खटेका स्वास्थ्य र ल्याब कर्मीहरुका लागी हस्तान्तरण हुने कार्यालय प्रमुख भोला यादवले जानकारी दिनुभयो । बिराट नेपाल मेडिकल ट्रष्टले इम्पेक्ट टीवी परियोजना अन्र्तगत क्षयरोग नियन्त्रणको काम बिगत ४ वर्ष देखि गर्दै आईरहेको छ । । विगतको वर्षमा पनि क्षयरोगीलाई खाध्यान र स्वास्थ्य कर्मीलाई स्वास्थ्य सामाग्री उपलवध गराएको थियो । अहिलेको कोरोनाको संक्रमणका बेला स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।
जिल्लामा क्षयरोगका विरामी पता लगाउन जिल्ला स्वास्थ्य कार्यालय ल्याब, रामगोपालपूर र गौशाला प्राथमिक स्वास्थ्य कोन्द्रलाई ५ महिनाको लागी १‐१ जना ल्याव कर्मी कर्मचारी खटाईएको कार्यक्रम संयोजक डा.साहले बताउनु भयो ।