Wednesday 15th of January 2025

सन्नु कुमारको अश्लिल गीत बारे समाचार लेखेको भन्दै पत्रकारलाई धम्की

0 Shares

सिरहा ः अश्लिल र दोहोरो अर्थको गीत बजारमा ल्याएर चर्चामा आएका सप्तरीका गायक सन्नु कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित पत्रकारलाई धम्की पनि दिइएको छ ।

सप्तरीका पत्रकार नविन यादवलाई सन्नु कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित धाकधम्की समेत दिएको हो । सन्नु कुमारले अश्लिल गीत, दोहोरो अर्थ लाग्ने शब्द सहित गीत सहित भिडियोमा समेत अश्लिलता प्रदर्शन गरेको भन्दै पत्रकार यादवले समाचार लेखेका थिए ।

उनलाई समाजिक सँजाल सहित फोन, व्हटसएप मार्फत गाली गलौज र धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दर्ता गराएको छ । पत्रकार यादवले आईतबार साईबर क्राईम अन्तर्गत गालीगलौज र धम्की दिने तथा फेसबुक ह्याक गरी अन्य व्यक्तिहरुलाई मेसेज गरेको आरोप सहित निवेदन दर्ता गराएका हुन् ।

पत्रकार यादवलाई आफू सन्नु कुमारको समर्थक भन्दै मोबाईल नम्बर ९८१८८४७७७३ र ९८११७०५१११ बाट निरन्तर गाली गलौज सहित धाक धम्की दिएको आरोप छ । जानकारी अनुसार, पहिलो नम्बर धमेन्द्र कुरवा नामक व्यक्तिको नाममा रहेको छ भने अर्का घनश्याम यादव नामक व्यक्तिको नाममा रहेको छ ।

निवेदन मार्फत पत्रकार यादवले गायक सन्नु कुमार खँग र धाकधम्की दिने व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । पत्रकार यादवका अनुसार, उनलाई सन्नु कुमारले नै धम्की दिन लगाएको हो ।

गायक सन्नु कुमार सुरुमा सान्दर्भिक गीत गाएपनि पछि भोजपुरी भाषाकै गीतहरु जस्तै अश्लिल र दोहोरो अर्थको गीतहरु गाउन थालेपछि आलोचना भएको हो । मधेशी समुदायमा नाकारात्मक प्रभाव पार्ने खालका गीतहरु गाउन थालेपछि यसले पार्ने असरको बारेमा समाचार आएको थियो ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित चर्चित गायक खेसारीलाल यादवले सधैं अश्लिल गीत गाउँदा उनको छोरी र बहिनीलाई लगाएर पनि केही गायकहरु गीत गाएपछि आफूले गलती गरेको महसुस गरेका छन् ।

सन्नु कुमारको गीत सुन्ने श्रोता अधिक भएपनि उनको गीतलाई भने नाकारात्मक रुपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमण्डले चुर भएका सन्नु कुमार हिन्दी भाषाको गीतहरुबाट म्यूजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् ।

यता, फोन गर्ने व्यक्ति धमेन्द्र कुरवाले भने आफू गाली गलौज नगरी सम्झाएको मात्र बताएका छन् । उनले पत्रकार भएर एकल जातीवादको सन्दर्भमा कुरा गरेपछि आफू रिसले बोलेको स्वीकारे ।

पत्रकार यादवले प्रदेश नम्बर २ मा यादवकै राज चल्छ भनेर भनेपछि केही युवाहरु आक्रोसित भएको बताउँदै उनले आफू फोन गरेर गाली नगरेको दाबी गरेका छन् । उनले भने,–“यो प्रदेश यादवको मात्र छ रु अरु कसैको छैन् रु”

पत्रकार यादवको शैलीप्रति आफूहरु आक्रोसित मात्र भएको बताउँदै धमेन्द्रले सम्झाउँदा उल्टै मुद्दा गर्न गएको प्रति आपत्ति जनाए । स्रोत ः न्यूज ब्यूरो

चर्चामा आएपछि घमण्डले माते ‘सन्नु कुमार’, अश्लिल र असभ्य गीत मात्र गाउँदै

 

प्रतिक्रिया