Friday 12th of April 2024

रामगोपालपुरमा सामुदायिक भवनकाे शिलान्यास

0 Shares

महोत्तरी : रामगोपालपुर नगरपालिकामा एक सामुदायिक भवनकाे शिलान्यास गरिएको छ । रामगोपालपुर नगरपालिका वडा ९गोटबनौलीमा रहेको सार्वजनिक जग्गामा प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मंडलद्वारा संयूक्त रुपमा उक्त भवनको शिलान्यास गरिएको होे ।

गोटबनौलीमा उक्त सामुदायिक भवन निर्माण हुन लागेको हो । उक्त समुदायक भवन निर्माणकाे लागि सस्तर्क अनुदानको बजेटबाट २० लाख रुपैया प्रदान गरेको रसो भवन निर्माण कार्यमा बजेट अपुग भए पछि पुन:बजेट थपन्ने प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले बताए ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष,वडा सदस्य,जसपा पार्टीका नगर संयोजक रामबाबु मण्डल,बिभिन्न पार्टीका नेता तथा कार्यकर्ता लगाएत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो । शिलान्यास पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार भएको थियो ।

प्रतिक्रिया