गौशाला / महोत्तरीको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास साहले घुसलिईरहेको समयमा पक्राउ परेका छन । सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको ओभरलोड भएको भारतीय नम्बरप्लेटको ट्रक चेकचाजको क्रममा साहले खाजा वापत पच्चास रुपैया लिदै गरेको अवस्थामा न्यूज ट्वान्टिफोर र टल्कनेपाल टेलिभिजन र रेडियो रुपान्तरणका टिमले रंगेहात पक्राउ गरेका छन ।
पक्राउमा परेका साहलाई लिएको रकमको बारेमा सोधपुछ गर्दा पत्रकार न्यूज ट्वान्टिफोरका पत्रकारलाई धक्का दिई पैसा फालेर प्रहरी चौकी भित्र पसेको थिए । पैसा दिने मोटरसाईकल चालक प्रदेश नम्बर २ ०२००१ प. सवारले आफुले भन्सार कटाएर ल्याए पनि खाजा वापत खर्च दिनु भन्दा आफुले पच्चास रुपैया दिएको बताए । पैसा दिने मोटरसाईकल सवार गाडीको साँचो र मोटरसाइकल प्रहरी चौकीमा जिम्मा लगाई कानुन अनुसारको कार्वाही गरेर मात्र छाड्ने प्रहरी सहायक निरीक्षकले प्रतिवद्धता जनाए । महोत्तरीमा बेलाबखतमा प्रहरीलाई जनताको सेवक मानिने प्रहरीले पटक पटक घर प्रयोजनकालागी भारतबाट आउने मोटरसाईल, अटो र अन्य सवारसँग पैसा लिदै आएको रहस्य खुल्नमा आएको छ । स्थानीयहरु प्रहरीको डरले क्यामराको अगाडी बोल्न नचाहे पनि प्रत्तिक्रिया लिने क्रममा स्थानीयले बताएकाछन् ।
महोत्तरीमा अधिकांश प्रहरी चौकीहरुले तस्करसँग सेटिङ्ग गरेर अवैध सरसमानको तस्कर समेत गरेकाछन् । महिनाको लाखौ रुपैया दिने शर्तमा मात्र तस्करलाई मालसमान ल्याउन प्रहरीले अनुमति दिने काम समेत गरेका स्थानीले बताए ।
घटनास्थलको भिडियो जस्ताको त्यस्तै