टयाक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

रामनारायण यादव, राजविराज। जिल्लाको खड्क नगरपालिका वडा नम्वर ८ स्थित टयाक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु  भएको छ ।

सोमबार राति ९ ः ३० बजेको समयमा बोदेबर्साइन विसनुपुर भित्री सडक खण्डमा बिसनपुरबाट बोदेबसाईन तर्फ जाँदै गरेको ओनटेस्ट मोटरसाइकललाई स.१ त २७२६ नम्वरको ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकलको चालक ढोलबाजा बस्ने २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसंधान भई रहेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्लाको महदेवा गाउँपालिका वडा नम्वर २ मण्डल टोलमा सोमबार एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा अनिल मण्डलका ५ वर्षीय छोरी अपेक्षा कुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्त सँगै नुहाउन गएका बालिकाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसंधान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया