Monday 17th of June 2024

महोत्तरी प्रहरी घुस प्रकरण ः प्रहरी माथि अनुसन्धान शुरु

0 Shares

गौशाला ः ५० रुपैयाँ घुस रकम सहित फेला परेको प्रहरी हवल्दार उपर अनुसन्धान शुरु गर्ने भएको छ ।

अस्थायी प्रहरी चौकी कठुधारमा कार्यरत रहनुभएका प्रहरी हवल्दार रामविश्वास साहले व्यवासायीसँग ५० रुपैयाँ घुस लिएको भिडियो विभिन्न संचारमाध्यममा प्रकाशन भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान शुरु गर्ने भएको छ ।

प्रहरी उपरिक्षक दिनेश अचार्यले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा प्रहरी हवल्दारको घुस प्रकरणमा सुक्ष्म अनुसन्धान शुरु गर्ने तयारी भएको बताउनुभयो ।

सोमबार प्रहरी हवल्दार साहले वर्दिवासका एक व्यवसायीको मार्वल लोड गरिएको गाडी ओभर लोड गरिएको भन्दै नास्तावापत ५० रुपैयाँ लिईरहेको समयमा रेडियो रुपान्तरण लगायतका पत्रकारले भिडियो सहित खवर प्रकाशन प्रसारण गरिएको थियो ।

महोत्तरीमा प्रहरीले घुस लिदा लिदै रंगेहात पक्राउ (भिडियो सहित )

प्रतिक्रिया