महोत्तरीको सम्सीमा गुणस्तरहीन पिसिसि सडक निर्माण गरिदै (भिडियो सहित)

महोत्तरी ः महोत्तरीको  सम्सी गाँउपालिका वडा नं. २ मा टेण्डरप्रक्रियामार्फत निर्माण भईरहेको सडक एक रुपले निर्माण नभएको पाईएको छ । १ सय ११ मिटर लम्बाई रहेको सो पिसिसि सडक १० फिट चौडाई ढलान गर्नुपर्नेमा ८ फिटसम्म चौडाई निर्माण भईरहेको छ ।

१५ लाखमा टेण्डर आव्हान गरेकोमा ११ लाखमा कवोल गरि दुर्गा निर्माण सेवा मनराले निर्माण गरिरहेको सो सडक ढलानको क्रममा गुणस्तरहीन रुपमा भईरहेको स्थानियहरुले बताएका छन । गाँउपालिकाको कार्यालयले वारम्बार अनुगमन गर्दा समेत सडक गुणस्तरहीन निर्माण भईरहेको छ ।

यस सम्वन्धमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत महिवुल अन्सारीले पालिकाले ५ बजे पछि दिनहुँ रुपमा अनुगमन गर्दै आएको स्वीकार गर्नुभयो । फिक्स चौडाई सहितको सडक निर्माण गरिने शर्तमा टेण्डर आव्हान गरेतापनि गाँउमा सो अनुसार सडक निर्माण गर्दा कतिपयको सडककै कारण घर भत्किने भएपछि एकरुपता ढंगले सडक निर्माण हुन नसकेको अन्सारीले बताउनुभयो ।

रेडियो अनलाईनसँग कुराकानीको क्रममा गुणस्तरहीन सडक पास नगर्ने बताउनुहुँदै प्रमुख प्रशासकीय अधिकृत अन्सारीले बताउनुभयो । सडक निर्माणको क्रममा पालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतले वारम्बार अनुगमन गर्दै आएकोमा गुणस्तरहीन भौतिक पूर्वाधार कुनै पनि हालतमा पास नहुने अन्सारीले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार