Wednesday 15th of January 2025

नेपाल–भारत सीमानाका खोल्न भारतीय प्रधानमन्त्रीलाई अनुरोध पत्र

0 Shares

सर्लाही ः कोरोना संक्रमणलाई लिएर झण्डै ११ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका खोलाइ दिन आग्रह गर्दै दुवै देशको सिमावर्ती क्षेत्रका समाजसेवी तथा बुद्धिजीवीहरु भारतको विहार राज्य अन्तर्गत सितामढी जिल्लाका सांसद सुनिल कुमार पिन्टु मार्फत भारतका प्रधानमन्त्रीलाई अनुरोध पत्र पठाएका छन् ।

अनुरोध पत्रमा सिमानाका बन्द रहेका कारण दुवै देशका सिमावर्ती क्षेत्रका नागरिकहरु बिच चल्दै आएको वैवाहिक सम्बन्ध ,विभिन्न पारम्परिक संस्कार ,स्वास्थ्य उपचार ,पर्यटन,ब्यापार व्यवसाय लगायतका अति आवश्यक कामहरु प्रभावित भई झेल्नुपरेको समस्याको बारेमा उल्लेख गरिएको छ ।

सोही समस्याहरु उल्लेख गरि नेपालको तर्फबाट नेपाल भारत मैत्री संघ सर्लाहीका रामदेव ठाकुर ,नेपाल भारत भातृ मञ्च सर्लाहीका उपाध्यक्ष एवं नागरिक समाजका सह–अध्यक्ष उग्रकान्त झा,सिविल सोसाइटी सर्लाहीका महासचिव शिवचन्द्र चौधरी,नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य गजेन्द्र गुप्ता र सिविल सोसाइटीका सदस्य एवं राष्ट्रिय कृषि अनुसंधान परिषदका पुर्व काउन्सलर कौशल किशोर सिंह तथा भारतको तर्फबाट नेपाल भारत सिमा सहजीकरण समन्वय समितिका संयोजक एव राष्ट्रपतिद्वारा पुरस्कृत शिक्षक हरिनारायण राय,सोनवर्षा पंचायतका र्पु मुखिया कमलदेव महतो,सोनवर्षाका पुर्व जिल्ला पार्षद विजय कुमार ,अती पिछडा प्रकोष्ठ सोनवर्षा प्रखण्ड अध्यक्ष गोपी ठाकुर ,राष्ट्रपतिद्वारा पुरस्कृत पुर्व प्राधानाध्यापक रामज्ञान यादव र रजवाडा (पुर्वी)का पुर्व मुखिया अनिल ठाकुर सम्मलित टोली सितामढी स्थित सांसद पिन्टुको निवासमा पुगेर अनुरोध पत्र बुझाएका हुन ।

अनुरोध पत्र लिएर गएका टोलीका सदस्यहरु सितामढी जिल्लाका अती विशिष्ट ब्यक्तिहरु सँग पनि भेट गरि समस्याको बारेमा अवगत गराई अतिसिघ्र सिमानाका खोलाउन पहल गरिदिन आग्रह गरेका थिए ।

बिहारका मुख्यमन्त्री नीतीश कुमार, प्रदेश–२ का मुख्यमन्त्री लालबाबू राउत तथा प्रमुख जिल्ला अधिकारीहरु लाई पनि अनुरोध पत्रको प्रतिलिपी बोधार्थको रुपमा पठाएको भारत मैत्री संघका केन्द्रीय सदस्य गुप्ताले बताएको छ ।

अनुरोध पत्र बुझाउँदै दुवैदेशका नागरिकहरुले भोग्दै आएका समस्याहरुलाई गम्भीरतापुर्वक लिएर राष्ट्र स्तरमा विचार विमर्श गरि दुई देश बिचको बेटीरोटीको सम्बन्धलाई कायम राख्न अतिसिघ्र सिमानाका पहिलाको जस्तै खोलाउन पहल गरिदिन टोलीका सदस्यहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया