Wednesday 29th of May 2024

कोशी ब्यारेजको १२ ढोका खुला

0 Shares

काठमाडौं ः लगातारको वर्षाले पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि १२ ढोका खुला गरिएको हो ।

अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’

सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया