0
Shares
गौशाला / महोत्तरीको सम्सी वजारमा लुटेराहरुले सुनचाँदी पसलमा लुटपाट गरेका छन । गएराति सम्सी गाँउपालिका १ स्थित पर्सा बजारमा संचालित राजीप ज्वेलर्समा लुटपाट भएको प्रहरीले जनाएको छ ।
सो लुटेराहरुको समुहले संचालक ५० बर्षिय विरेन्द्र साहमाथि गोली चलाएको छ । कम्मरमा गोली लागेको साहको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अन्य चार जनाको उपचार जनकपुरमा भईरहेको प्रहरी उपरिक्षक दिनेश अचार्यले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक अचार्यले बताउनुभयो ।