Thursday 10th of October 2024

महोत्तरीको बलवा नगरपालिकामा रोडमै धान रोपे स्थानीय युवाहरुले (भिडियो)

0 Shares

महोत्तरी ः महोत्तरीको बलवा नगरपालिकामा चुनाव भए लगतै विकास नहुँदा स्थानीयहरु चिन्तीत भएका छन् । बलवा नगरपालिका वडा नं. १० ध्रुबकुण्ड धमौराबजारमा स्थानीय युवाहरु रोडमै धान रापेका छन् ।

स्थानीय युवा दिपक कुमार शर्मा भन्छन् । निर्वाचनको बेलामा आफु जनताको हिकहितर दुःखमा साथ दिने बाचा गरे पनि त्यो मुख मै सिमित रहेको छ । बाहिर भन्नु पर्दा जिति सकेपछि आफूले जे गरे पनि हुने प्रवृतिले नगरबासी चिन्तीत बन्दै गएको छ ।

बलवा नगरपालिकामा भने विकासको रहर नछाएपछि स्थानीय युवाहरुले बाटोमा हिलोमय भएपछि धान रोपेका छन् । जनप्रतिनिधिहरुले रोड बनाउन लाखौ बजेट आए पनि रोडको विकास नभए पछि बाटोमा नै धान रोपी फलेको धान बेची रोडको विकास गर्ने स्थानीय युवा दिपक कुमार शर्माले बताए ।

बजारभरी हिलोमय हुँदा स्थानीय तथा आगन्तुकहरुलाई हिडनसमेत बाध्य भए पछि पटक पटक रोड विकासका लागी युवाले पहल गरे पनि आएको बजेट सबै भ्रष्टाचार भए पछि स्थानीय युवाहरु सक्रिय भएको हो ।

स्थानीय युवाहरु भन्छन आफ्नो नाताबादलाई मात्र काम लगाउन र बजेट कसरी गोजीमा जान्छ भनेर आरोप समेत लगाएकाछन् ।

प्रतिक्रिया