
महोत्तरी: महोत्तरीमा कोरोना संक्रमणबाट एकजना प्रहरी असईको मृत्यु भएको छ ।
महोत्तरीको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक अस्पतालमा रिफर गरिएको र त्यहाँ नै उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
प्रतिक्रिया