
महोत्तरी ः महोत्तरीको अाैरहीमा ट्याक्टरमा करेन्ट लाग्दा त्यसका चालकको मृत्यु भएको छ ।
औरही नगरपालिका वडा- ६ मा माटो अनलोड गर्ने क्रममा ट्याक्टरको टेलरले विद्युतको तार छुँदा ट्याक्टरमा करेन्ट प्रवाह भएको हो ।
करेन्ट लागेर सिकिस्त भएका ज १ त ६३१७ नम्बरको ट्याक्टरका चालक २३ वर्षीय मुकेश यादवलाई उपचारका लागि गौशालातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।
मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया