Wednesday 29th of May 2024

अखिल नेपाल शिक्षक संगठनका नगर समितीले गौशाला नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र ।।

0 Shares

गौशाला : गौशाला नगरपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा कार्यरत रहेका एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर समितीले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाईएको छ ।

आईतबार गौशाला नगर उपप्रमुख आशा लामामार्फत सो १० बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाईएको हो । वर्तमान परिवेशमा यहाँका सामुदायिक विद्यालयमा कार्यरत रहेका विद्यालय कर्मचारी, वालवालिकाका सहयोगी कार्यकर्ता र शिक्षकहरुले समस्या समाधानका लागि नगर प्रमुखलाई ज्ञापनपत्र बुझाईएको हो ।

 

शिक्षकहरुको मासिक रुपमा तलव, प्रोत्साहन भता, पुर्नताजगी, नियमित अनुगमन, थप नगर शिक्षक लगायतका माग राखि ज्ञापनपत्र बुझाईएको संगठनका नगर संयोजक रामनारायण साहले जानकारी दिए ।


ज्ञापनपत्र बुझदै नगर उपप्रमुख आशा लामाले यि समस्या समाधानका लागि नगरप्रमुखलाई जानकारी गराउने बताईन । नगर शिक्षा समितीमार्फत सो समस्या समाधान गराउने प्रतिवद्धता जनाउदै उपप्रमुख लामाले यहाँका हरेक शिक्षालयको समस्या समाधानका लागि नगरपालिका प्रतिवद्ध रहेको जानकारी दिईन ।

नगर उपप्रमुख आशा लामाले यसरी प्रतिवद्धता जनाईन (भिडियो)

प्रतिक्रिया