0
Shares
सर्लाही ः सर्लाहीको हरिपूर्वा नगरपालिका–८ स्थित बसन्तपुर मुखिया चौकमा अघि साँझ टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थमै ज्यान गएको छ ।
बसन्तपुरबाट हरिपूर्वा तर्फ गइरहेको नम्वर खुलिनसकेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ज ७ प ९०४२ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका ३० वर्षीय अर्जुन महतोको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । अहिले प्रहरी टोली पुगेर घटनास्थलको अवस्थालाई साम्य पार्ने प्रयास गरिरहेको छ ।
टिपरका चालक प्रहरीको नियन्त्रणमा छन् ।