Sunday 16th of June 2024

रेडियो जुनतारा गौशालाका संचारकर्मी महतोको मोटरसाईकल दुर्घटनामा परि मृत्यु ।।

0 Shares

गौशाला / महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत रहेका संचारकर्मी अर्जुन महतोको सडक दुर्घटनामा परि मृत्यु भएको छ । शुक्रवार सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसन्तपुर नम्बर खुल्न नसकेको एक टिफरले ठक्कर दिदा संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको हो ।

कार्यालय सम्बन्धि कामको शिलशिलामा हरिपुर्वातर्फ जाँदै गरेको समयमा उनी सवार ज ७ प ९०४२ नम्बरको मोटरसाईकललाई सो टिफरले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको थियो ।

प्रहरीले टिफर धनीसँग सम्झौता नगरेकै कारण हालसम्म मृतकको शवलाई पोस्टमार्डम गर्नका लागि व्यवस्थापन गर्न सकेको छैन । यता सर्लाही प्रहरीका अनुसार मृतकको शवको पोस्टमार्डमको तयारीमा प्रहरी जुटेको जनाएको छ।

सर्लाही ईश्वरपुर नगरपालिका १३ घर भएका ३० बर्षिय महतो रेडियो जुनतारामा स्थापनाकालदेखि नै प्राविधीक तथा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत रहेका थिए ।

यस शोकको घडीमा रेडियो रुपान्तरण १०६.३ मेगाहर्जले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ । साथै पिडित परिवारमा गहिरो समबेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया