महोत्तरीबाट १७ दिनदेखि एक महिला बेपत्ता, हत्या भएको हुन सक्ने माइती पक्षको आरोप

महोत्तरी : महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट हराएकी हुन् ।

सुजिताका माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । उनको माइती महोत्तरीकै पिपरा गाउँपालिका–६ रतौलीमा पर्छ । सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् ।

जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाए ।

महिला हराएको जानकारी पाउनासाथ प्रहरीले अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार