महोत्तरी ः महोत्तरीको मटिहानीमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्म स्थान भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्मस्थल मटिहानी पुगेकी मन्त्री चौधरीलाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका हुन्् ।
मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी भएकी थिइन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले आफना स्वर्गीय दाजुलाई सम्झना गर्दै भावुक हुदैं भनिन्, ‘म कहिले क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइन, तपाईहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ ।’
आफु जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग रहेको प्रशंसा गर्दै आफु मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरिन् ।
त्यस्तै, मन्त्री चौधरीले शनिवार विहान जनकपुरमा रहेको म जानकी मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन् । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।
आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश साँसदहरु सँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छन् । मन्त्री चौधरी नागरिक समाज, स्थानीय नेता कार्यकर्ता, आम सर्वसाधारण पत्रकारहरुसँग छोटो छलफल समेत गरेकी थिइन् ।