नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गरे मृतक संचारकर्मी कुशवाहाको वालवच्चाको भरणपोषणको माग,

गौशाला / नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गौशालास्थित रेडियो जुनतारामा कार्यरत रहेका मृतक संचारकर्मी अर्जुन कुशवाहाको छोराछोरीको भरणपोषण तथा शिक्षादिक्षा प्रवन्धको लागि सम्बन्धितपक्षसँग माग गरेको छ । पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य माग गर्दै दोषीलाई कानुन अनुसारको कारवाही र पिडितलाई उचित क्षतिपुर्तिको माग गरिएको सो वक्तव्यमा उल्लेख छ ।

शनिवार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी उपाध्यक्ष सुनिता कुमारी महतोको नेतृत्वमा गएको पत्रकारहरु घटनाको सम्बन्धमा स्थलगत रुपमा बुझेको सचिव महतोले जारी गरेको शोक वक्तव्यमा उल्लेख रहेका छन । सो वक्तव्यमा महासंघले मृतकका परिवारका छोराछोरीलाई भरणपोषण एवम शिक्षादिक्षाको प्रवन्ध गरिदिनका लागि र पिडितलाई उचित क्षतिपुर्ति उपलब्ध गराउनका लागि सम्बन्धित सरोकारवाला निकायसमक्ष माग गरेका छन ।

घटनाको छानविनका लागि तीन सदस्यीय गठन

महासंघले सत्यतथ्य पता लगाउनका लागि शाखाका महिला उपाध्यक्ष सुनिता कुमारी महतोको नेतृत्वमा तीन सदस्यीय छानविन टोली गठन गरिएको छ । सो समितीका अन्य सदस्यहरुमा रेडियो रुपान्तरणका संचालक धनवीर महतो र रेडियो गौशालाका संचालक दिनेश महतो रहेका छन । सो समितीले घटनास्थममा पुगि सत्यतथ्य छानविन गरि अनुसन्धानको प्रतिवेदन ७ दिनभित्रमा महासंघलाई बुझाउने छ ।

शुक्रवार गौशालासिथत रेडियो जुनतारामा कार्यरत रहेका सर्लाही ईश्वरपुर नगरपालिका १३ का ३० बर्षिय अर्जुन कुशवाहाको टिफर दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको थियो । ज ७ प ९०४२ नम्बरको मोटरसाईकलमा रहेका मृतक कुशवाहा घरतर्फ आउने क्रममा हरिपुर्वा नगरपालिका वडा नं. ९ मा गिट्टी लोड भएको टिफरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएका थिए ।

मृतक कुशवाहाको दाहसंस्कार आजै सम्पन्न गरिएको रेडियो जुनताराका संचालक निरन्जन साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया