Sunday 16th of June 2024

करेन्ट लागेर एक मिस्त्रीको मृत्यु

0 Shares

सप्तरी ः सप्तरीमा करेन्ट लागेर एक मिस्त्रीको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका-३ कटटैयामा ट्युबेल जडान गर्ने क्रममा करेन्ट लागेर सोही स्थानकै सञ्जीव लौगीको मृत्यु भएको हो ।

करेन्ट लागेर सञ्जीवका दाजु सुरेन्द्र घाइते भएका छन् । अहिले उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइरहेका छन् ।

लौगी दाजुभाइ स्थानीय बचाइ माझीको घरमा ट्युबेल जडान गर्दै थिए । सोही क्रममा माथि झुन्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले बताएका छन् ।

सञ्जीवको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया