Thursday 10th of October 2024

मुस्लिम सामुदायको प्रतिनिधित्वको माग गर्दै मन्त्रीलाई ज्ञापन

0 Shares

जनकपुरधाम : नेपाल प्रज्ञा प्रतिष्ठानमा ईस्लाम धर्माबलम्बीहरुको पनि समावेश हुनुपर्ने लगायतका माग राख्दै ईस्लामिक सांस्कृती केन्द्र जनकपुरधामले साँस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री उमाशंकर अरगरियालाई ज्ञापनपत्र बुझाएको छ ।

गृहजिल्ला धनुषामा रहेका मन्त्री अरगरियालाई शनिबार विहान केन्द्रका संरक्षण मोहम्मद असगर अली, अध्यक्ष मोहम्मद समिम मन्सुरीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपालका हरेक वर्ग समुदाय जात जाती, भाषा सांस्कृती संरक्षणको लागि स्थापना गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानमा सबै भाषाभाषी तथा सांस्कृती विज्ञहरु राखिएपनि ईस्लामिक धर्माबलम्बीहरुको भाषा सांस्कृती बारे जानकारी व्यक्तिहरुको अझै समावेश नगरिएकोले मुस्लिम सामुदायसँग राज्यले विभेद गरिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैगरि, नेपालको अमेजमेर सरिफ भन्ने चिनिने महोत्तरीको रौजा मजारलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा घोषणा गरि सोही अनुसारको विकास र संरक्षण प्रबद्र्धनको काम हुनुपर्ने केन्द्रले माग गरेको छ ।

ज्ञापनपत्र बुझदै मन्त्री अरगरियाले केन्द्रले उठाएको मागको विषयमा आफुले सार्थक पहल गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया