Sunday 9th of February 2025

उद्योगी चौधरीको निधन

0 Shares

काठमाडौं ः प्रतिष्ठित उद्योगी, व्यवसायी एवं समाजसेवी स्वर्गीय किसोरी चौधरीको शनिवार अन्त्येष्टि गरिएकोछ ।

चौधरीलाई उनका जेष्ठ पुत्र मोहन चौधरीले दागवती दिए ।स्वर्गद्वारमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले श्रद्धाञ्जली दिए । जनकपुर क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यवसायी चौधरीको ८२ वर्षको उमेरमा उपचारको क्रममा शुक्रवार काठमाण्डुमा मृत्यु भएको थियो ।उनी केहि दिनदेखि उपचारको क्रममा काठमाण्डुमा रहेका थिए । तीन छोरा, पाँच छोरी रहेका चौधरीले उद्योग व्यवसायको साथै समाजसेवामा समेत नेतृत्वदायी भुमिका निर्वाहगर्दै आएका थिए ।

जनकपुरधामका ैथाने मारवाडी व्यवसायी रहेका चौधरीका माहिला छोरा प्रमोद चौधरी र कान्छा छोरा प्रदीप चौधरीले पनि उद्योग, व्यवसायका साथै समाजिक क्षेत्रमा अत्यधिक सकृय रहेका छन् । जनकपुरधामका दुई जना लब्ध प्रतिष्ठित उद्योगी, व्यवसायी मदन जैन र किसोरी चौधरीको एकै हप्तामा निधन भएबाट उद्योग, बाणिज्य क्षेत्र शोकमा परेको छ ।

चौधरीको निधनप्रति जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.ले गहिरो दुख प्रकटगर्दै शोकाकुल परिवारजनप्रति र्हािर्दक समवेदना प्रकट गरेको छ । जनकपुर टुडेको प्रारम्भिककालदेखि नै चौधरी परिवारको सहयोग निरन्तर रहँदै आएकोछ ।

प्रतिक्रिया