Wednesday 15th of January 2025

गौशालाका नगर पत्रकार संजालले पाए पूर्णता ।।

0 Shares

गौशाला / महोत्तरीको गौशालामा गठन भएको नगरपत्रकार संजाल पूर्णता पाएको छ । आईतबार रेडियो रुपान्तरणमा बसेको नगरभरिको पत्रकारहरुको वैठकले सो संजाललाई पूर्णता दिएको हो ।

संजालको अध्यक्षमा रामनारायण महतो रहेका छन । त्यस्तै संजालको उपाध्यक्षमा रेडियो जुनताराकी भाग्यरेखा शर्मा, सचिवमा रेडियो रुपान्तरणका नागेन्द्र साह, कोषाध्यक्षमा रेडियो गौशालाका दिनेश महतो, स – सचिवमा राजधानी टुडे अनलाईनका राजेश सिंह रहेका छन । त्यस्तै संजालको सदस्यहरुमा रेडियो रुपान्तरणका पवन कुमारी, द पव्लिक टुडेका रामबाबु यादव, रेडियो जुनताराका निरन्जन साह, रेडियो गौशालाका सविता कुमारी रहेका छन ।

वैठकको क्रममा रेडियो जुनताराका रेडियोकर्मी अर्जुन कुशवाहाको सडक दुर्घटनामा परि दुखद निधन भएकोमा शोक प्रस्ताव पारित गरिएको छ । मृतक परिवारलाई उचित क्षतिपुर्ति एवम दोषीलाई कानुनअनुसारको हदैसम्मको कारवाही गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसमक्ष माग गरिएको संजालका सचिव नागेन्द्र साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया