महोत्तरी टाईगर समाज टिम नेपालद्धारा विपन्न परिवारलाई राहत वितरण ।।

गौशाला ः महोत्तरीको गौशाला नगरपालिका वडा नं- ४ का मुसहर समुदायलाई महोत्तरी टाईगर समाज टिम नेपालका अध्यक्ष उदय यादव ( हाल मलेसिया बसोवास) को पहलमा सहयोगी दिपेन्द्र महतोद्वारा मुसहरबस्तिमा राहत वितरण गरिएको छ ।

नगरपालिकाले अतिविपन्न तथा गरीब परिवारलाई कोरोनाकालमा राहतको विषयमा कुनै चासो नदेखाएकोले मलेसियामा कार्यरत महोत्तरी जिल्लाकै ८० जना युवकहरुले एक संगठन निर्माण गरी आफुहरुले काम गरे वापत आएको मासिक रकमबाट कसैले ५०, कसैले १०० र कसैले १५० मलेसियन रुपैया संकलन गरी नेपाली दुईलाख रुपैया नेपालमा बस्दै आएका सहयोगी धामी दिपेन्द्र महतो मार्फत गरिब तथा विपन्न र असहाय परिवारलाई राहत वितरण गरेको हो । वडा नं. ४ मल्हनीयाँ पोखरी बस्ने ४३ जना मुसहर समुदाय परिवारलाई सोमबार राहतस्वरुप चावल १५ किलो, दाल २ केजी, १ लिटर खानेतेल, नुन १ प्याकेट, डिटोल सावुन १ पिस , स्वाविन १ के।जी। चुरा १ केजी। आलु ५ के।जी। गरी प्रति व्यक्ति दुई हजार वराबरको राहत वितरण गरिएको छ ।

महोत्तरी गौशाला नगरपालिका वडा नं. ३ नवराजपुर बस्ने सहयोगी धामी दिपेन्द्र महतोका अनुसार राहत कार्यक्रम यति मै सिमित न रहि छिमेकी गाउँपालिका तथा नगरपालिकाहरुलाई समेत यस कार्यक्रममा समावेश गराईएकोछ । हालसम्म गौशाला नगरपालिका, सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका, भंगहा नगरपालिका,बर्दिवास नगरपालिका, औरही नगरपालिका गरी १०८ परिवारलाई राहत विरण गरि सकेको धामीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार