महिलाको शरीरमा आफैं बन्छ मदिरा !

योखबर पढेर तपाइँलाई अचम्म लाग्न सक्छ । आखिर एक महिलाको शरीरमा कसरी मदिरा बन्न सक्छ ।

तर, अमेरिकाकी एम महिलाले आफ्नो शरीरमा मदिरा बन्ने दाबी गरेकी छन् । जसलाई पिउनेबित्तिकै नशा लाग्न शुरु हुन्छ ।र

वास्तवमा न्यूयोकको हेमवर्गमा ट्राफिक प्रहरीले नशाको हालतमा गाडी चलाएको आरोपमा एक महिलालाई पक्राउ गरेको थियो ।

अदालतमा ती महिलाले आफू नपिएरै नशमा रहने गरेको दावी गरिन् ।

महिलाका अनुशार उनको शरीरमा अचानक आफैं अल्कोहलको मात्र बढेर जान्छ । एक विशेष प्रकारको बिरामीका कारण आफूलाई यस्तो समस्या भएको बताएकी छन् ।

महिलालाई अटो ब्रिभरी सिन्ड्रोम नामको समस्या छ । यो समस्या भएका बिरामीलाई गट फर्मेटशन सिन्ड्रोम पनि भनिन्छ ।

जब ग्यास्ट्रोइन्टेस्टिनल सामान्य भोजनबाट मिल्ने कार्बोहाइड्रेटलाई एथेनलमा बदल्न लाग्छ ।

तब शरीरमा अल्कोहलको मात्रा बढ्न लाग्छ । यो कुरा सावित गरेपछि अदालतले महिलालाई रिहा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार