दुर्घटनामा घाइते चौधरीको उपचारको क्रममा मृत्यु

राजविराज ः सप्तरीमा कार र मोटरसाइकल एक आपसमा ठोकिदाँ दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ६ जलजले बस्ने २२ वर्षीय बिपिन चौधरीको आइतबार उपचारको क्रममा मुत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ चाँदनी चोक स्थित पूर्व पश्चिम लोकमार्गमा गत बुधबार दुर्घटनामा परि तीन जना घाइते भएका थिए । ती मध्ये एक जनाको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएको प्रहरी प्रवक्ता साहले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा।१० च २५२४ नम्वरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा।२६ प।२२६० नम्वरको मोटरसाइकललाई ठक्कर दिदां मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नम्वर १ पिपरा हनुमान चौक भेडिया बस्ने ४५ वर्षीय प्रेम चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्वर २० मल्हनमा बस्ने २५ वर्षीय अजित चौधरी घाइते भएका थिए ।

प्रतिक्रिया