Saturday 20th of April 2024

टिपर र ट्याक्टर एक आपसमो ठोक्किँदा दुईजना घाइते

0 Shares

ढल्केबर : धनुषाको ढल्केबरमा पूर्व(पश्चिम राजमार्ग अन्तर्गत टिपर र ट्याक्टर एक आपसमो ठोक्किँदा दुईजना घाइते भएका छन् ।

सोमबार अपराहन्न ढल्केवर स्थित बसही पुलमा लु।३।त ४९५ नम्बरको टयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–२ ०३००१ क ०८३९ नम्बरको टिपर एक आपसमा ठोक्किँएको हो ।

दुर्घटनामा ट्याक्टर चालक र अन्य एकजना सवार घाइते भएका छन् ।

घाइते हुनेमा सप्तरीको महदेवा गाउँपालिका ४ बस्ने मोहम्मद बब्लु र कञ्चनरुप नगरपालिका १२ बस्ने ३२ वर्षीय रोहित थपा घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते दुबैजनाको उपचार स्थानीय स्तरमा भइरहेको छ ।

दुवै गाडी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रतिक्रिया