गौशालाका रेडियोकर्मीले मृतक कुशवाहाको श्रद्धान्जली अर्पण गरियो ।।

गौशाला / सडक दुर्घटनामा परि मृत्यु भएका रेडियो जुनताराका रेडियोकर्मी अर्जुन कुशवाहाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

हिजो साँझ गौशालाको पुरानो सिनेमा हल चौकमा मृतक कुशवाहाको आत्माको चिरशान्तिको कामना गर्दै सो शोकसभा सम्पन्न भएको हो । मृतक कुशवाहाको परिवारको लागि उचित न्याय दिलाउन आफुहरु प्रयासरत रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका उपाध्यक्ष सुनिता कुमारीले बताईन । आर्थिक रुपमा समान्य रहेको मृतक कुशवाहाको परिवारको रोजगारीको अवसर सिर्जना गर्नका लागि आफुहरुको प्रयास जारी रहेको उपाध्यक्ष महतोले बताईन ।

नेपाल शिक्षक महासंघका जिल्ला उपाध्यक्ष महाविर सिंह कुशवाहाले आफुले पढाउने शिष्यको मृत्युको खवर सुनेपछि आफु दुखित भएको सुनाए । उपाध्यक्ष कुशवाहाले अव पिडितलाई उचित क्षतिपुर्ति दिलाउनका लागि सम्बन्धित पक्षसँग माग गरेका छन ।  सोहीवीच रेडियो रुपान्तरणका संचालक धनवीर महतोले यस विपदको घडिमा सम्बन्धित सरोकारवाला निकायलाई मल्हमको रुपमा काम गर्नुपर्नेमा जोड दिए । उनले रेडियोकर्मी अर्जुन कुशवाहाको परिवारलाई न्याय दिलाएर नै सच्चा श्रद्धान्जली अर्पण हुन सक्ने तर्क राखेका हुन ।

रेडियो जुनतारामा स्थापना कालदेखि नै कार्यरत रहेका अर्जुन कुशवाहाको यहि असार ४ गते कामको शिलशिलामा सर्लाहीको हरिपुर्वा नगरपालिका ९ बसन्तपुरमा टिफर दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार