प्रदेश २ ः एक बेवारिसे पुरुषको शव भेटियो

सर्लाही ः प्रदेश २ को सर्लाही जिल्ला स्थित चन्द्रनगरमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

चन्द्रनगर गाउँपालिका–६ मा मंगलबार मधेसी मुलको जस्तो देखिने अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो ।

चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र पहिचान खुल्न नसकेको पुरुष मृत भेटिएका इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

स्थानीयवासीका अनुसार ती पुरुष १५२० दिनदेखि नाढिमन ताल आसपास गाउँमा मागेर खाँदै हिँड्ने गरेका बुझिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार