0
Shares
सिरहा ः सिरहाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुरमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको छ ।
उक्त टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै थियो । गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालक हाम फालेर ज्यान जोगाएको स्थानीयबासिन्दाले जनाएका छन् ।
समयमा आगो निभावन नसकिँदा टिपर पूर्ण रुपले नष्ट भएको छ । बिच सडकमै जलेको टिपर हटाउन र घटना विषयमा अनुसन्धान गर्न प्रहरीको टोलि घटनास्थल पुगेको छ ।