रौतहटबाट तेलको ग्यालेनभित्र लागुऔषध राखी ओसारपसार गर्ने व्यक्ति पक्राउ

रौतहट ः खाने तेलको ग्यालेनभित्र लागुऔषध राखी ओसारपसार गरेको अवस्थामा विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर रहेको प्रहरीले जनाएको छ । भारतको जोगवनीबाट खाने तेलको ग्यालेनभित्र लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट मंगलबार साँझ नै मगरलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जनाए ।

श्रेठका अनुसार ग्यालेनभित्रबाट एभिल ७७ एम्पुल, डाइजेल्याप ७५, लुपिजेसिक ७५ फेनारगन ७८ एम्पुल बरामद भएको हो । पक्राउ परेका मगरलाई हिरसदमा राखी यसबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार