Monday 9th of December 2024

मटिहानी नगरपालिका साताै नगरसभा सम्पन्न

0 Shares

महोत्तरी / महोत्तरी जिल्लाका मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलले मटिहनी न.पा.लाइ नमुना एवंम विकाशिल नगरपालिका बनाउन आफु प्रतिबद्ध रहेको कुरा बताउनु भएको छ ।

   मटिहानी नगरपालिकाको साताै नगरसभालाइ अाज मटिहानीमा उद्धाटन गर्नु हुँदै उहाँले जनताको आकाक्षा अनुसार यस बर्षको बजेट ल्याएको पनि भन्नुभयो ।कार्यक्रममा नगर प्रमुख मंडलले आर्थिक बर्ष २०७८-०७९ को लागी कुल बजेट  रु. ४०,७७,५७,०००/- (अक्षरेपी चालीस करोड सतहत्तर लाख सन्तावन हजार रुपैया) प्रस्तुत गर्नु भएको छ  ।
यस वर्षको बजेटमा

कृषि तर्फ
  • नगरपालिकामा बसोबास गर्ने सबै नागरिकको खाध सुरक्षाको प्रत्याभुति गरिने। कोहि भाकै पर्देैन,कोहि भाेकै मर्दैन भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकार बिच सहकार्य गर्ने ।
  • नगरपालिका क्षेत्र भित्रका सबै घरपरिवारलाइ अाँप लिचिको विरूवा निशुल्क उपलब्ध गराइने ।

पर्यटन तर्फ

  • यस न.पा. भित्रका मठ,मंदिर तथा मस्जिदलाइ पर्यटकिय स्थलकाे रूपमा विकाश गर्ने।
  • एक वडा एक सुन्दर पोखरी र एक पार्क निर्माण गरिने

शिक्षा तर्फ

  • सामुदायिक विधालयका कक्षा ११ मा अध्ययनरत छात्राहरूलाइ निशुल्क साइकल वितरण गरिने।
  • स्थानिय मैथिलिभाषाकाे विकाश, संरक्षण तथा संबद्धनका लागी  सामुदायिक विधालयका कक्षा १ देखी ५ सम्मको पाठ्यक्रममा मैथिलि भाषा समाबेश गरि अध्यनन अध्यापन गराइने ।

स्वास्थ्य तर्फ

  • कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने .
  • प्रतेक वडातहमा स्वस्थ जाँच( घुम्ती शिबिर )अभियान कार्यक्रम संचालन गरिने ।

अन्य

  • नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने ।
  • मटिहानी न.पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा  निर्माण गरिने ।
  • Free WiFI लाइ अझै नयाँ नयाँ ठाँउमा विस्तार गरिने अादी ।

राजनितीक दलले जनाए विरोध 

मटिहानी नगरपालिकामा नगरसभा चलिरहेकै बेला विपक्षी पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

विपक्षी दल तथा आम सर्व साधारण जनताहरुलाई सोधपुछ नै नगरी गुण्डा शैलीमा चोर बाटो अपनाएर मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको कार्यालय भन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका छन् ।

महोत्तरीको मठियानी नगरपालिकामा ५ दल र स्थानियहरु मिलेर नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन । भ्रष्टाचारी मेयर मुर्दाबाद, तानाशाह मेयर मुर्दाबाद, गोपनिय परिषद मुर्दाबाद, आय व्यय सार्वजनिक गर, योजना तर्जुमा तथा गोप्य परिषद खारिज गर लगायतका नाराहरु लगाउँदै नगरपालिका कार्यालय पुगेका पाँचै दलका ५०-६० जनाको समूहले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष)का नगरअध्यक्ष रामनन्दन यादव, नेपाली काँग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

मटिहानी नगरपालिकामा करार सेवामा १८ जना स्वास्थ्यकर्मीहरु भर्ना गर्दा कुनै पनि प्रक्रिया पूरा नगरी आफ्ना आसेपासेहरुलाई नियुक्ती गरेको, आफूसँग ५÷७ जना केटाहरुलाई लठैतको रुपमा घुमाएर उनीहरुलाई नगरपालिकाबाट तलब खुवाउने गरेको, नगर क्षेत्रमा डेढ करोडको लागतमा खानेपानीको योजना सञ्चालन गरेर आफ्ना आसेपासेलाई खानेपानी पाईप बाँडेको, नगर क्षेत्रमा सञ्चालन हुने विकासका कामहरुका लागि नाम मात्रको नक्कली उपभोक्ता समिति बनाएर वडा सचिव र ईन्जिनियरद्वारा नै योजना सञ्चालन गरेको, कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा बजेट हिनामिना गरेको लगायतका आरोपहरु लगाउँदै पाँच दलका नेताहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

पाँच दलले एक दिन पहिले (हिजो) नगरप्रमुख मण्डललाई विभिन्न माँग राख्दै ज्ञापन पत्र बुझाउन गएकोमा उनले नगरपालिकामा ज्ञापन पत्र बुझ्नु भएको थिएन भने आज नगरसभा चलिरहेकै बेला पनि पाँच दलले ज्ञापन पत्र बुझाउन जाँदा नबुझेपछि पाँच दलले गएर नगरपालिकामा तालाबन्दी गरेका छन् ।

नेपाली काँग्रसका नेता जयकुमार चौधरीले मेयर मण्डलको विभिन्न क्रियाकलाप विरुद्ध १७ बुँदा उल्लेख गर्दै जिल्लाको बर्दिबासमा अवस्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय र केन्द्रिय कार्यालयमा समेत उजुरी दिईसक्दा पनि कुनै कारबाही नभएको आरोप लगाए ।

यसैबीच आजै दिउँसो मटिहानी नगरपालिकाले आफ्नो सातौ नगरसभा सम्पन्न गरेको छ । मटिहानीको वडा नं.८ अवस्थित राष्ट्रिय संस्कृत माध्यमिक विद्यालय मटिहानीको सभा हलमा मटिहानी नगरपालिकाको सातौ नगरसभा सम्पन्न भएको हो ।

असार १० गते भित्र नै शाभा गर्नुपर्नुे भएकोले कतिपय पालिकाले कागजमै घर घर गएर हस्ताक्षर गराएर नगरशभा गर्दे आएको छ ।

प्रतिक्रिया