
गौशाला / महोत्तरीको गौशाला बजार अझ व्यवस्थित हुन सकेको छैन । यसक्षेत्रकै सवैभन्दा ठूलो बजारको रुपमा परिचित रहेको गौशाला बजार उचित व्यवस्थापन एवम सरोकारवाला निकायको अनुगमनको अभावमा बजार क्षेत्र कुरुप बन्दै गएको छ ।
बजारक्षेत्रमा जहाँतही फोहोर, कम वर्षाको कारण सडक हिलोमय हुनु, नालाको उचित निकास नहुँदा फोहोर पानीको कारण वातावरण दुर्गन्धित हुनु जस्ता कारणले वजारको वातावरण उपर प्रश्न चिन्ह उव्जिएको छ ।
सडकमै लाग्न थाल्यो वाख्रा वजार
विहीबार वाख्रा वजार सडकमै लागेको छ । गौशाला वजारको गणेश मन्दिरदेखि मगरथाना चौकसम्म जाने वाटोमा आज विहीबार लाग्ने बजार जल्पामाई मन्दिरको छेउमा वाटोमै लागेको छ । यसरी सडकमा नै खसी बाख्रा खरिद विक्री गर्न थालेपछि पैदलयात्रीलाई समेत बाटो काट्नको लागि मुश्किल हुने गरेको ग्राहकहरुले बताएका छन् ।
उनीहरुले बाख्रा र खसी बजार बिच वाटोमा नै लगाएपछि पैदल हिड्ने देखिलिएर मोटरसाईकल, साईकल र सानातिना गााडिहरुलाई ओहोर दोहोर गर्न धेरै कठिनाई भएको स्थानीयहरुले बताएका छन् ।यति हुँदाहँदै पनि सम्बन्धित निकाय मौन बस्नु कतै न कतै कुनै खेल रहेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।यहाँको चाल नै यस्तै रहेको छ आज मात्र होईन अन्य दिन पनि बिच सडकमै बजार लगाएपछि हामीहरुलाई यस्तै दुःख व्यर्होनुपरेको उनले बताए ।
यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञाको समयमा प्रशासन एवम नगरपालिकाको निर्णय विपरीत वजार ठेकेदार विन्देश्वर साहले सडकमै पशु बजार लगाउदै आएको खुलासा भएको छ । ठेकेदारले साविक झै वजारमा कारोबार भएको अधारमा वट्टी असुल्दै आएको एक व्यपारीले बताएका छन् । निषेधाज्ञाको अवधिमा वजार सडकमा वजार लगाउनु नियमविपरीत रहेको गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले जानकारी दिनुभयो । अहिलेको परिस्थितीमा स्थानिय सरकारसँग रकम छुट गराउनुको सट्टा ठेकेदारले बजारबाट वट्टी असुल्नु गलत रहेको अध्यक्ष साहको भनाई रहेको छ ।
नो पार्किङ्गभित्रै सवारी पार्किङ्ग
यता गौशाला बजारभित्रमा नो पार्किग गरिएको स्थानमा सवारी साधन खुलेआम रुपमा पार्किग गर्दै आएको छ । सहयोगी विकास बैंकको अगाडिको सडकलाई फराकिलो बनाउनको लागि अस्थायी टफिक पोस्ट गौशालाले लगाएको नो पार्किग वोर्डको छेउमै सवारीसाधनहरु पार्किग गरेतापनि प्रहरीहरु मुखदर्शक भएका छन ।
छेउमै रहेको नेपाल प्रहरीको अस्थायी पोष्टमा कार्यरत रहेका प्रहरीहरु डिउटीमा रहेतापनि सो को व्यवस्थापनको निम्ति कुनै पहल नगरेको पाईएको छ । एकदिन मात्र होईन यस ठाउँमा सधै यस्तै गाडीहरुको चाँप रहेको देखिएको छ । यो गाडी पार्किगले गर्दा सर्वसाधारणहरुलाई पैदल हिड्न पनि अप्ठ्यारो भईरहेको स्थानीय नागेन्द्र साहले गुनासो गरेका छन् । यसरी पसलको अगाडि अत्याधिक मात्रामा सवारीसाधन पार्किङ्ग गरेपछि पसलमा कारोवारीमा कमी आएको व्यवसायीहरुले गुनासो पोखेका छन ।
वडा कार्यालयको छेउमै खुलेआम पिसाव फेर्दै सर्वसधारण
गौशाला वजारस्थित घैला बजार छ । त्यसको छेउमै वीरेन्द्र धर्मशाला रहेको छ । सो धर्मशालाभित्र गौशाला नगरपालिका वडा नं. ५ संचालित रहेको छ । स्थानिय जनप्रतिनिधीहरु निर्वाचित भएलगतै बर्षौदेखि विवादित रहेको सो जग्गा अतिक्रमणमुक्त भएका छन । सर्वदलीय एवम सर्वपक्षीय निर्णय अनुसार अतिक्रमणमुक्त भएको सो जग्गालाई स्थानिय राजनितीकर्मीहरुले चाईना गेटको नामले नामाकरण गरेका छन ।
सो जग्गा अतिक्रमणमुक्त भएपछि सो खाली स्थानमा अहिले घैला बजार लाग्दै आएका छन । वजारको मुख्य प्रवेशद्धारको रुपमा रहेको घैला बजार पछिल्लो समयमा आएर व्यस्त वजारको रुपमा परिचित रहेका छन । सोही व्यस्त वजारको छेउमा वडा नं. ५ को कार्यालय रहेको छ । वडा कार्यालयलाई छुट्याउनका लागि कायम रहेको पर्खालको छेउमा पुरुष व्यक्तिहरु खुलेआम रुपमा पिसाव फेर्दै आएका छन । एकतर्फ खुलेआम पिसाव फेर्दै गरेको दृश्य रहेको हुन्छ भने अर्कातर्फ कारोवारीहरु बजारमा समान खरिद विक्री गर्दै आएको हुन्छ ।
यसरी पिसाव फेर्ने दृश्य वजार भर्नका लागि आउने र आगन्तुकहरुले प्रत्यक्ष रुपमा हेर्न सकिन्छ । गराईको भन्दा हेराईको लाज लाग्ने यस दृश्य अझ यहाँका जनप्रतिनिधीको मनमष्तिस्कमा नगरपालिकाको हरेक महत्वपुर्ण निर्णयको लागि प्रतिनिधीहरु यहि बाटोबाट ओहोरदोहोर गर्नेभएतापनि यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । जसको कारण बजार व्यवस्थित एवम प्रदुषणमुक्त हुन सकेको छैन ।
३० लाखको शौचालय उपयोगविहीन, कागजमै सिमित भए खुल्लादिसामुक्त क्षेत्र
गौशाला नगरपालिकाको रुपमा परिणत भएको केही बर्षकै अन्तरालमा वीरेन्द्र धर्मशालाको परिसरमा नगरपालिकाको कार्यालयले निर्माण गरिएको सुविधासम्पन्न शौचालय दुर्गन्धित बन्दै गएको छ ।
देशलाई खुल्लादिसामुक्त क्षेत्र गर्ने राष्टव्यापी अभियानलाई सहयोग गर्नका लागि तत्कालिन समयमा निर्माण भई हस्तान्तरण भईसकेका सो शौचालय पछिल्लो समयमा आएर उचित संरक्षणकै अभावमा कुरुप बन्दै गएको छ । ३० लाखको लागतमा तत्कालिन प्रशासकीय अधिकृत शम्भु ठाकुरको समयमा निर्मित शौचालय पछिल्लो समयमा आएर सरसफाई एवम संरक्षणकै अभावमा कुरुप बनेको हो । सम्बन्धितपक्षको नियमित अनुगमन एवम चासो नदेखाएकै कारण शौचालय यो अवस्थामा पुगेको स्थानिय जनप्रतिनिधीहरु स्वीकार गर्दछन ।
हाम्रो गौशाला, राम्रो गौशाला नाराबाट पनि हराए
कुनै समय ‘हाम्रो गौशाला, राम्रो गौशाला’ यसक्षेत्रका नेताहरुको लागि चर्चित नाराको रुपमा रहन्थ्योे । यो नारा नगरपालिका स्थापना भएको शुरुवाती दिनमा तत्कालिन ७ दलका नेताहरुले गौशाला बजारलाई यसक्षेत्रकै नमुना एवम हरियालीयुक्त शहरको रुपमा स्थापना गर्नका लागि बनाईएको थियो । सो समयमा प्रायः हरेक वैठकमा यो विषयको चर्चा हुन्थ्यो, नेताहरुले पनि यसै विषयमा घण्टौसम्म वहस गरिन्थ्यो । फलस्वरुप विभिन्न वाधा अवरुद्ध पार गर्दै देशले कायापलट गर्यो, देशमा संविधानको साथसाथै मु्लतः संघियता स्थापित भईयो । संघियता स्थापना भएपछि वि. सं. २०७४ सालमा जनप्रतिनिधी सता सम्हालेपछि देशभरि नै खुल्लादिसामुक्त अभियान तीव्ररुपमा लागु भईयो । सरसफाईयुक्त शहरको रुपमा स्थापित गराउनका लागि भएको गौशाला बजारमा सरसफाई कागजकै पानामा सिमित भएको छ । जहाँतही फोहोर एवम दुर्गन्धकै कारण गौशाला नगरपालिकाको कुनै समयमा स्थापित भएको हाम्रो गौशाला राम्रो गौशालाको नारा अभिशापको रुपमा परिचित भएको छ ।
वजारक्षेत्र परिसर खाल्डाखुल्डीको रुपमा परिणत
समय समयमा मर्मत एवम सम्भार गर्नका लागि ध्यान नदिएकै कारण बजारक्षेत्रको सडकमा प्राय ः खाल्डाखुल्डी रहेको छ । सम्सी—माईस्थान सडकखण्डको वीचमा पर्ने जीरोमाईल चौकदेखि करिब ५ सय मिटरको दुरीमा गौशाला बजार रहेको छ ।
वजारदेखि मुख्य सडक जोडनका लागि रहेका हरेक शाखा सडकहरु अहिले हिलोयुक्त रहेका छन । सानो पानी पर्दा समेत अत्याधिकमात्रामा हिलो भएपछि वजारमा पैदल हिडनका लागि समस्या हुने गर्छ । जहाँतही खाल्टो भएकै कारण बर्षातको समयमा सफा सुग्घर कपडा लगाएर वजार भर्न आउनेहरु हिच्काउने गर्दछन । नगरपालिकाको कार्यालयले मर्मत गर्नका लागि समयमै ध्यान नदिएकै कारण ईलाका प्रहरी कार्यालय गौशालाकै अगाडिमा ठू्लठूल खाल्डा रहेका छन । जसका कारण यस शाखा सडकहरुमा समय समयमा सवारी दुर्घटना समेत हुने गरेको छ ।
वजार विकासका लागि सरोकारवाला निकायले समय समयमा ध्यान नदिएकै कारण बजारमा सोचे अनुरुपको विकास हुन सकेको छैन । सम्बन्धित निकायको पहल एवम् वजार विकासको सकारात्मक सोच नभएकै कारण यसक्षेत्रकै मुख्य वजारको रुपमा रहेको गौशाला बजारको अस्तित्व दिनानुदिन खस्किदै गएको छ । गौशाला नगरपालिकाको कार्यालयले बर्षेणी करोडौको रकम नगर विकासको लागि रकम खर्चिएतापनि मुख्य वजारको विकासतर्फ ध्यान नदिनु नै वजार विकासको विडम्बना रहेको छ ।
यसक्षेत्रको मुख्य बजारलाई पुनः उत्कृष्ट बनाउने किसिमको विकास गर्नुपर्ने आजको आवश्यकता रहेको छ । हामी सवै मिली यसतर्फ सोचौ, अनि अगाडि कदम बढाऔ । अनि मात्र हाम्रो गौशाला, राम्रो गौशालाको सपना पुरा हुन्छ ।