Tuesday 11th of February 2025

गुणस्तरहीन सडक ढलान गरेको भन्दै स्थानियले गरे निर्माण कार्य अवरुद्ध ।।

0 Shares

गौशाला / गुणस्तरहीन सडक निर्माण गरिएको थाहा पाएपछि गौशाला नगरपालिका वडा नं. ४ का स्थानियहरुले निर्माण कार्य अवरुद्ध गरेका छन । वडा नं. ४ को वडास्तरीय १९ लाखको वजेटमार्फत निर्माण भईरहेको २१७ मिटर लम्बाई भएको सो सडक गुणस्तरहीन निर्माण गरिएको भन्दै स्थानियहरुले निर्माण कार्यमा रोक लगाईएको हो ।

स्थानीय चन्देश्वर रामको घरदेखी र मन्दिरसम्म निर्माण गर्नका लागी वजेट पुस्तिकामा रकम विनियोजन भएतापनि सो अनुसारको काम नभएको स्थानियहरुले आरोप लगाएका छन ।

स्थानिय फेकन रामका अनुसार वजेट पुस्तिकामा उल्लेख भएअनुसार सडकको चौडाई २० फिट , ६ इन्च ग्राभेल र ६ इन्च पिसिसि ढलान गर्नु पर्नेमा २ इन्च ग्राभेल राखी ढलान गर्नुपर्ने शर्तमा उल्लेख रहेका छन । तर उपभोक्ता समितीले सो अनुसारको कार्य नगरेको पाईएपछि स्थानियहरुले वारम्बार विरोध जनाएपनि स्थानीयहरुको कुरा नसुनि समितीले जर्बजस्ती ढलान गर्दै आएको स्थानीय हरि रामले बताए । करीब आधा भन्दा बढी सडक ढलान भए पश्चात देबेन्द्र महासेठको घर नजिक पुग्दा आफ्नो घर नजिक मापदण्ड अनुसार सडक नबनाएसम्म ढलान गर्नमा आफुले रोक लगाएको उनले बताए ।

हरि रामले भने—‘मैले तिरेको करले बनाएको रोड अरुले नखोजे पनि मेरो घर नजिक ढलान गर्ने सडकको गुणस्तरीय मापदण्ड परिक्षण गर्नुपर्ने मेरो अधिकार रहेको छ । सडक निर्माण गर्ने क्रममा नगरपालिकाबाट अनुगमनमा प्रतिनिधि आएको समयमा सडकको ढलान मापदण्ड अनुसार नै थियो । पछि उनीहरुले मनपर्दी रुपमा सडक ढलान गर्दै आएका छन । पटक पटक गौशाला नगरपालिकामा सडक निर्माणमा गुणस्तरहिन पाए पनि नगरपालिकाले बिना चेकजाँच नै नगरी भुक्तानी गरे पछि यस्तो अवस्था सिर्जना भएको हो ।

उपभोक्ता समितिले केही रकम बचाउनको लागी यस्तो उपायहरु सिर्जना गरेको उनको बुझाई रहेको छ । नगरपालिकाले उपभोक्ता समिति चयन गरी विकास गर्दा स्थानीयहरु आफैले राम्रो काम गर्ने भनी उपभोक्ता समिति बनाएर विकास निर्माणको काम राम्रो र गुणस्तरीय हुने भने पनि उपभोक्ता समितिहरु भन्ने थोरै लगानीमा खर्चेर बचेको पैसा सबैमा बाँडफाँट गरिने गलत मनसायले गर्दा नै समय समयमा आएर नगरापलिकाको काम उपर स्थानियले प्रश्न उठाएपछि नगरपालिका नै विवादमा आउने गरेको उनको भनाई रहेको छ । यसमा स्थानीय कर्मचारी र जनप्रतिनिधिहरुको कमिशन र बारगेनिङ्गका कारण विकासका काममा यस्तो विवाद हुनु स्वभाविक रहेको स्थानीयको शंका रहेको छ ।

नगरपालिकाको कार्यालयबाट समयमै अनुगमन ननिस्किएको मौका छोपी समितिले मनपर्दी रुपमा सडक निर्माण गरेको कारण अहिले यस्तो सिर्जना भएको स्थानीयले बताए । सडक निर्माणको क्रममा ६ इन्च ग्राभेल नराखी २ इन्च मात्र ग्राभेल राखी सडक ढलान हुँदा निर्माण सडक गुणस्तहीन रहेको वैजनाथ महासेठको धारणा छ ।

वडा अध्यक्ष रामबाबु साहले पटक पटक मापदण्ड अनुसारको सडक निर्माण गर्नु भनेर हिडे पनि आफ्नो मनोमानी गरी सडक निर्माण गरेका हुन । सडकको कुनै लेवल नै नमिलाई सडक ढलान गरे पछि सडक विग्रीएको स्थानीयले बताए । रेडियो रुपान्तरणका संचारकर्मीले उपभोक्ता समितिका अध्यक्ष जङगु साहलाई ग्राबेल कति ट्रिप आएको भन्दा सोधपुछ गर्दा आफुलाई यस बारे राम्ररी थाहा नभएकोे प्रतिक्रिया दिएका छन ।

आर्थिक वर्ष २०७७।०७८ को वडा स्तरीय योजना अन्र्तगत १९ लाखको लागतमा निर्मित सो सडक उपभोक्ता समितिमार्फत निर्माण भईरहेको छ ।

प्रतिक्रिया