पर्सा ः प्रदेश २ को पर्सा जिल्लामा श्रीमान् घरमा नभएको मौकाछो एकजना महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारी छन् ।
अन्सारी गत सोमबार राति १२ बजेको समयमा सोही स्थानकी २० वर्षीया युवतीको सुत्ने कोठामा झ्यालबाट प्रवेश गरेको आरोप लागेको छ ।
युवतीका श्रीमान् कामको सिलसिलामा घरबाहिर रहेका बेला सुत्ने कोठाको झ्यालबाट प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
पीडित महिलाले जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाइएको उनले बताए ।