0
Shares
पाकिस्तानमा हतियारधारीको हमलामा परी पाँच सैनिकको मृत्यु भएको छ । यसै गरी करिब २७ सेना घाइते भएका छन् । घाइते सैनिकको अवस्था गम्भीर रहेको छ ।
पाकिस्तान सशस्त्र बलको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसनले यस कुराको पुष्टि गरेको हो ।
पाकिस्तानी पत्रिका डनका अनुसार बलुचिस्तानको सिबी जिल्लास्थित संगन इलाकामा सैनिक र हतियारधारीबीच भिडन्त भएको थियो ।
घटनापछि हतियारधारी फायरिङ गर्दै भागेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । घटना भएको क्षेत्रलाई पूर्णरूपमा सिल गरिएको छ ।
दुई दिनअगाडि लाहौरमा मुम्बइ हमलाका मास्टरमाइन्ड हाफिज सइदको घरबाहिर ब्ल्यास्ट भएको थियो । ब्ल्यास्टमा परी ३ जनाले ज्यान गुमाएका थिए ।
पाकिस्तानमा हतियारधारीले गरेको यो हमला तेस्रो हमला हो ।