
रौतहट ः रौतहटको मौलापुर नगरपालिका १ स्थित मर्यादपुरमा खेतमा पानी लगाउने विषयमा दुई पक्षबीच झडप भएको छ ।
शनिबार बिहान खेतमा पानी लगाउने विषयमा स्थानीय मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद सुरु भएको थियो ।
विवाद बढ्दै जाँदा भएको झडपमा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते गरी
१५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जनाएको छ ।
उनीहरुको मौलापुरमै उपचार भइरहेको छ । घाइते सबैको अवस्थामा खतरामुक्त रहेको बताइएको छ ।
दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ ।
अहिले त्यहाँको अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।
प्रतिक्रिया