Tuesday 21st of January 2025

सम्सी गाउँपालिकाको कार्यबाहक अध्यक्षमा सकिला खातुन

0 Shares

गौशाला ः महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुकले कार्यबाहक अध्यक्ष नियुक्त गरेका छन् ।

उनले कार्यपालिका सदस्य सकिला खातुनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

आफु स्वास्थ्य उपचार र काम विशेषले बाहिर जानु पर्ने तथा गाउँपालिका उपाध्यक्ष तीन महिनादेखि लगातार अनुपस्थित रहेकाले कार्यपालिका सदस्य खातुनलाई कार्यबाहक जिम्मेबारी दिएको शेषले पत्रमा उल्लेख गरेका छन् ।

नेकपा एमालेमा लागेको भन्दै नेकपा माओवादी केन्द्रको कारबाही गरेकै दिन फारुकले गाउँपालिमा कार्यवाहक तोकेका हुन् ।

अध्यक्षको पदबाट शेषलाई निर्वाचना आयोगले बिहिबार पदमुक्त गरेको थियो ।

प्रतिक्रिया